ट्रम्पले ओबामालाई लगाए ‘राजद्रोह’को आरोप


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ७ २०८२
1.1K
SHARES

७  साउन काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई राजद्रोहको आरोप लगाएका छन् ।मंगलबार (स्थानीय समय) ह्वाइट हाउसको ओभल अफिसमा ओबामाबारे ‘कन्सपिरेसी थ्यौरी’ अगाडि सार्दै उनलाई २०१६ को राष्ट्रपति निर्वाचनमा हेरफेर र रुसी हस्तक्षेप सम्बन्धी अनुसन्धानलाई लिएर ट्रम्पले राजद्रोहको आरोप लगाएका हुन् ।“उनीहरूले निर्वाचन हेरफेर गर्न खोजे र उनीहरू पक्राउ परे । र, त्यसको लागि धेरै गम्भीर परिणामहरू हुनुपर्छ,” ट्रम्पले मंगलबार पत्रकारहरूसँग भने ।

ओबामाका एक प्रवक्ताले प्याट्रिक रोडेनबुसले ट्रम्प प्रशासनको दाबीको खण्डन गरेका छन् ।  प्रवक्ताले ट्रम्प प्रशासनबाट आउने सबै बकवासहरूको जवाफ दिइरहनु नपर्ने भन्दै पछिल्लो दाबी उत्तेजक भएकाले यसले भने जवाफको हक राख्ने बताएका छन् ।“यी विचित्र आरोपहरू हास्यास्पद छन् र विचलनको कमजोर प्रयास हो,” प्रवक्ताको भनाइ थियो ।ट्रम्पको यो टिप्पणी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले ओबामा प्रशासनलाई धम्की दिँदै न्याय विभागमा आपराधिक रेफरल पेस गरेपछि आएको हो ।

उपन्यायाधिवक्ता टोड ब्लान्चले २०२२ मा यौन अपराधीको दोषी ठहरिएका यौन अपराधी जेफ्री एप्स्टाइनकी सहयोगी घिस्लेन म्याक्सवेलसँग भेट गरेको बारे सोध्दा ट्रम्पले ओबामामाथि आक्रमण गर्दै पूर्वराष्ट्रपतिलाई ग्यांगको नेता भनेका थिए ।“यो राजद्रोह थियो । उनीहरूले निर्वाचन कब्जा गर्न खोजे । उनीहरूले निर्वाचनलाई अस्पष्ट गर्न खोजे । उनीहरूले यस्ता कुराहरू गरे जुन कसैले अन्य देशहरूमा पनि कल्पना गरेको छैन,” ट्रम्पले मंगलबार ओभल कार्यालयमा भने ।

ओबामाका प्रवक्ताले भने, “गत हप्ता जारी गरिएको कुनै पनि दस्तावेजले रूसले २०१६ को राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्न काम गरेको थियो भन्ने स्वीकारिएको निष्कर्षलाई खण्डन गर्दैन । तर, कुनै पनि भोट हेरफेर गर्न सकेन ।” यी निष्कर्षहरू २०२० मा द्विपक्षीय सिनेट गुप्तचर समितिको प्रतिवेदनमा पुष्टि भएको उनले बताएका छन् । उनले भनेका छन्, “जसको नेतृत्व तत्कालीन अध्यक्ष मार्को रुबियोले गरेका थिए ।