मोस्क्वेरा आर्सनलमा अनुबन्धित
९ साउन काठमाडौं । इंग्लिस क्लब आर्सनलले भ्यालेन्सियाका रक्षक क्रिस्टियन मोस्क्वेरालाई भित्र्याएको छ । आर्सनलले २१ वर्षीय मोस्क्वेरालाई १३ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।
आर्सनलले मोस्क्वेरासँग पाँच वर्षको सम्झौता गर्दा अरू एक वर्ष थप्न सक्ने विकल्पसमेत राखेको छ ।मोस्क्वेरा रक्षापंक्तिमा ‘सेन्टर ब्याक’ र ‘राइट ब्याक’ दुवै स्थानमा खेल्न सक्ने क्षमता राख्छन् । “म यो अवसरलाई खेर जान दिने पक्षमा दिइनँ । म एक ऐतिहासिक र ठूलो क्लबमा अनुबन्ध हुँदै छु,” सम्झौतापछि मोस्क्वेराले भने ।
उनले भ्यालेन्सियामा दुई सिजन बिताए । उनी गत सिजन स्पेनिस ला लिगामा दोस्रो सबैभन्दा धेरै समय मैदान बिताउने खेलाडीसमेत बनेका थिए ।