इस्लिंग्टन कलेजले विद्यार्थीलाई दियो ७ करोडबराबरको छात्रवृत्ति


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०८२
1.6K
SHARES

१६ साउन काठमाडौं । इस्लिंग्टन कलेजले एएए छात्रवृत्ति समारोह २०२५ को आयोजना गरेको छ। यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत समेत गरेको कलेजले जनाएको छ।

प्राज्ञिकता, उपस्थिति/हाजिरी र आचरण (एएए) लाई एकै सूत्रमा बाँध्ने उद्देश्यले शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्तिमार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ।

उत्साहपूर्ण आवेदन परेको यस छात्रवृत्ति योजना लगभग ७ करोड पुरस्कार राशिको रहेको छ। कलेजका प्राज्ञिक तथा अन्य सम्वन्धित सदस्यहरूले योग्यताका आधारमा २६१ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए।

यिनै विद्यार्थीहरूको सम्मानमा आयोजित यस समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवार जन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए।