मेयर र सरकारबीचको वार्ता सहमतिनजिक


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १८ २०८२
1.8K
SHARES

१८ साउन काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराई र सरकाबीचको वार्ता सहमतिनजिक पुगेको छ । सरकार मेयरका सातबुँदे माग सम्बोधन गर्न तयार भएपछि वार्ता सहमतिनजिक पुगेको हो ।मेयरको तर्फबाट वार्ता समितिका सदस्य एवं दिक्तेल रूपाकोट मझुवागढी–१२ का वडाध्यक्ष दानबहादुर राईका अनुसार, आज बिहान सरकारसँग भएको वार्ता निष्कर्षनजिक पुगेको हो । “हामी सहमति नजक छौँ । आजै सहमति गरेर टुंग्याउनेतिर लागिरहेका छौँ,” उनले  भने ।

यसअघि, दुई पक्षबीच भएका पटकपटकका वार्ता निष्कर्षविहीन बनेका थिए ।मेयर भट्टराईले साउन ११ गतेदेखि तीनदिने सत्याग्रह सुरु गरेका थिए । त्यसपछि बुधबार (साउन १४)देखि माइतीघरमा अनिश्चितकालीन आमरण अनशन थालेका थिए । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि बुधबारै राति करिब १० बजे प्रहरीले उनलाई अस्पताल पुर्‍याएको थियो ।

मेयर भट्टराईले जैविक विविधता, रैथाने संस्कृति संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, बाँस प्रवर्द्धन, गिट्टी, क्रसर नियमन, जंगली जनावर नियन्त्रणलगायत सातबुँदे माग राखेका छन् ।०७९ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।