घट्यो सुन चाँदीको भाउ


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २७ २०८२
3.9K
SHARES

२७ साउन काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।हिजो सुनको भाउ प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय १५ रुपैयाँमा किनबेच भएको थियो।