चर्च ब्वाइज ताप्लेजुङ गोल्डकपकाे फाइनलमा
२९ साउन काठमाडौं । चर्च ब्वाइज क्लब ललितपुर ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । द यङ ब्रदर्स इटहरीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । खेलको ७७औंँ मिनेटमा द यङ ब्रदर्स क्लब इटहरीका प्रवेश बस्नेतले पहिलो गोल गरेका थिए ।
खेलको ९०औँ मिनेटमा चर्च ब्वाइजका खेलाडी सुमन श्रेष्ठले गोल गरेसँगै खेल १–१ गोलको बराबरीमा पुगेको थियो । पाँच मिनेट थप समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
बिहीबार समूह ‘बी’ मा रहेको सिरहाले र रेडस्टार झापासँग प्रतिस्पर्धा गर्नेछ । सो समूहका विजेताले फाइनलमा चर्च ब्वाइजसँग भिड्नेछ । आयोजक लाखे जात्रा सञ्चालन समितिका अनुसार, साउन ३० गते फाइनलका दिन खेलमैदानमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । विजेता टोलीले नगद सात लाख दुई हजार ८२ प्राप्त गर्नेछ, भने उपविजेताले तीन लाख ५० हजार ८२ पाउनेछ ।