घट्यो सुन चाँदीको मूल्य
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, साउन ३० २०८२
1.7K
SHARES
३० साउन काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी २३ सय ४० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट