कांग्रेस अझै समावेशी लोकतन्त्र बनाउन दृढ छ – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ३० २०८२
2.9K
SHARES

३० साउन काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा आफूहरू दृढ रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सभापति देउवाले संविधान संशोधन गरेर अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको बताए ।

“नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ,” उनले भने ।