घट्यो सुन चाँदीको मूल्य
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १ २०८२
1.2K
SHARES
१ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ।गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २३ सय १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय १५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट