परीक्षाको नतिजा चित्त नबुझेका ३१ जनाले दिए शिक्षक सेवा आयोगमा निवेदन


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १ २०८२
2K
SHARES

१ भदौ काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदका निम्ति लिएको परीक्षाको नतिजा चित्त नबुझेका ३१ जनाले ‘री–टोटलिङ’ गर्न आवेदन दिएका छन् ।

गएको जेठ ३१ गते सञ्चालित खुला प्रतियोगितात्मक लिखित (विषयत) परीक्षामा सामेल भएर नतिजामा असन्तुष्ट ३१ जनाले आवेदन दर्ता गराएका आयोगले जनाएको छ । आयोगले विषयगतक्रममा विभिन्न चरणमा नतिजा प्रकाशन गरेको थियो । परीक्षाको नतिजाका विषयमा ‘री चेक’का निम्ति निवेदन परेको आयोगका सूचना अधिकारी गणेशप्रसाद पौडेलले बताए ।