आजबाट नाडा अटो शो–२०२५ सुरु


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ३ २०८२
1.8K
SHARES

३ भदौ काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा ‘नाडा अटो शो– २०२५’ आज भदौ ३ गतेबाट उद्घाटन भएको छ । सो आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । सो प्रदर्शनी भदौ ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनीको उद्घाटन समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पनि सहभागिता रहेको थियो ।‘गो फर मोर’ भन्ने मूल नारासहित आयोजना गरिएको यस संस्करणमा उन्नत प्रविधि, स्मार्ट मोबिलिटी र दिगोपनलाई विशेष प्राथमिकता राखिने नाडाले जनाएको छ ।

अत्याधुनिक स्वचालित चारपांग्रे रोबोट ‘युनिट्री रोबोट्स’ तथा भविष्यका शहरी हवाई सवारी ‘डिपल इभटोल युएभी’का झलकहरू प्रदर्शनीमा देख्न पाइनेछ ।यस वर्षको शो’मा १९ वटा चारपांग्रे ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपांग्रे सवारी ब्रान्ड, तथा ३५ अन्य कम्पनी (टायर, ल्युब्रिकेन्ट, उपकरण, वित्तीय संस्था आदि) गरी १२५ भन्दा बढी प्रदर्शकहरू सहभागी हुनेछन् ।करिब १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको यस शोको प्रदर्शनी क्षेत्रफल ३ लाख वर्गफुटमा फैलिनेछ, जुन अहिलेसम्मकै ठूलो हो । खल्ती एपमार्फत् टिकटको अग्रिम बुकिङमा २०५ क्यासब्याकको सुविधा दिइनेछ ।प्रदर्शनीस्थलमा विभिन्न जोन (दुईपांग्रे, चारपांग्रे, अटो पार्ट्स, वित्तीय सेवा आदि) छुट्टाछुट्टै रुपमा व्यवस्था गरिनेछ ।