समितिबाट पारित गरिँदै विद्यालय शिक्षा विधेयक


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ५ २०८२
1.5K
SHARES

५ भदाै काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । सिंहदबारस्थित समितिको सभाकक्षमा बिहीबार (भदौ ५) बिहान करिब ९ः२० बजे बैठक सुरु गरिएको हो ।बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गरिनेछ । समितिको उक्त प्रतिवेदन पारित पनि गरिने कार्यसूची छ ।

प्रतिनिधिसभाअन्तर्गतकै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दै छ । बैठक बिहान १० बजे बस्ने तय छ ।बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिनेछ ।

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहीबारै बस्दै छ । बैठक बिहान ११ बजे बस्ने तय छ ।बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल   गरिने कार्यसूची छ ।संघीय यी दुवै बैठक पनि सिंहदबारस्थित सम्बन्धित समितिको सभाकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।