सुनको भाउमा भारी वृद्धि
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ८ २०८२
1.4K
SHARES
८ भदौं काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा २३ सय ५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी २३ सय १० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट