मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ८ २०८२
1.6K
SHARES

८ भदौं बागमती । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको  ३२ करोड २२ लाख फिर्ता गरेको छ ।कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१र८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता गरेको हो ।

आव २०८१/८२ मा सशर्त अनुदानतर्फ रु दुई अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ रु पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ रु तीन करोड ५० लाख भुक्तानी गरिएकामा खर्च गर्न नसकेर ३२ करोड २२ लाख फिर्ता आएको हेटौँडाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिए ।

विभिन्न कारणले स्थानीय तहहरूले समयमा कार्यक्रम गर्न नसक्नु, समयमा योजना सफल गर्न नसक्नुलगायत कारणले सशर्त अनुदानतर्फको बजेट फिर्ता भएको प्रमुख रेग्मीले बताए ।

त्यसैगरी, बागमती प्रदेश सरकारले आव २०८१/८२ मा खर्च गर्न नसकेको ४२ करोड फिर्ता भएको प्रमुख रेग्मीले बताउनुभयो । बागमती प्रदेश सरकारलाई आव २०८१/८२ मा ११ अर्ब ९६ करोड बजेट भुक्तानी दिए पनि रु ११ अर्ब ४७ करोडमात्र खर्च गर्न सकेकाले रु ४९ करोड रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ ।