नेकपासँग एकता गर्ने पार्टीको निर्णय प्रचण्डले जानकारी गराए
९ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकताबारेको निर्णय जानकारी गराएका छन्। विप्लव निवास हरिसिद्धी पुगेका प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकबाट एकताबारे गरेको निर्णय जानकारी गराएका हुन्।
माओवादीले विप्लवसँग एकता गर्ने र त्यसअघि कार्यदल बनाएर वार्ता गर्ने निर्णय हालैको स्थायी कमिटी बैठकले गरेको थियो। तर, विगतमा पनि एकता गर्ने भनिए पनि प्रचण्डबाटै असफल भएको भन्दै नेकपाका नेताहरूले असन्तुष्टि जनाएका थिए।
आज प्रचण्ड र विप्लवबीच पार्टी एकतालाई निष्कर्षमा पुर्याउनेगरी सकारात्मक वार्ता भएको प्रचण्ड सचिवालयले जनाएको छ। विप्लवले आफू पनि सकारात्मक रहेको भन्दै पार्टीबाट निर्णय गराउने बताएका जवाफ दिएका थिए। नेकपाको केन्द्रीय समिति बैठक भदौ २२ मा गते बस्दैछ। यसबाहेक पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चालाई प्रभावकारी ढङ्गले अघि बढाउनेबारे पनि छलफल भएको छ। माओवादी, नेकपा एस, नेकपा र नेसपा सम्मिलित ४ दलीय मोर्चाको विप्लव संयोजक पनि हुन्।