व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता संख्या ४९ लाख


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ९ २०८२
1.5K
SHARES

९ भदौ काठमाडौं । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या झण्डै ४९ लाख पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार आव २०८१/८२ को अन्तिमसम्म ४८ लाख ९२ हजार ८४० व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएको छ ।

सरकारले पछिल्लो समय भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेसँगै स्थायी लेखा नम्बर लिनेको संख्या बढ्न थालेको हो ।विभागका अनुसार यो अवधिमा स्थायी लेखा नम्बर लिनको संख्या भने २० लाख १२ हजार ९०८ पुगेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता करदाता ३ लाख ४५ हजार ७२७ पुगेका छन् । अन्त:शुल्कमा दर्ता करदाता १ लाख १९ हजार ४०२ पुगेका छन् । यस अवधिसम्म विथहोल्डर स्थायी लेखा नम्बर दर्ता संख्या भने ३५ हजार ८५३ पुगेको छ ।

यस वर्ष विभागले मूल्य अभिवृद्धि करमा दर्ता भएर कानून परिपालना नगरेका ९६ हजार ४८७ करदाताको दर्ता निलम्बन गरेको थियो ।त्यस्ता करदाताको विवरण समेत सार्वजनिक गरिएको थियो । मूल्य अभिवृद्धि ऐन २०५२ अनुसार लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरिएको छ ।