सुनको भाउ २ लाख नाघ्यो


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०८२
1.4K
SHARES

१३ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।