माओवादी पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०८२
1.2K
SHARES

१३ भदौ काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग राख्दै नेपाल शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएको छ । आज महासंघको टोली पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा पुगेर धर्ना दिएको हो ।

महासंघले बिहीबार, नेकपा एमाले र बुधबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो ।  प्रतिनिधिसभामा पेस भएको विद्यालय शिक्षा विधेयकमा आफूहरूका माग समेट्नुपर्ने उनीहरूको माग छ ।विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको छ ।