सुन-चाँदीको भाउमा नयाँ कीर्तिमान


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १५ २०८२
988
SHARES

१५ भदौ काठमाडौं । नेपाली बजारमा आइतबार सुन-चाँदीको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज यी दुवैको मूल्य नयाँ उचाइमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।

गत शुक्रबार सुन प्रतितोला २ लाख ६०० रुपैयाँमा किनबेच भएको थियो।आइतबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर २ हजार ४२५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।शुक्रबार चाँदी प्रतितोला २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।