सुन चाँदीको भाउले बनायो नयाँ कीर्तिमान


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२
1.2K
SHARES

१६ भदौ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। आज सुन चाँदीकै मूल्य नयाँ उचाइमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन १७ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।

हिजो सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। हिजो चाँदी प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।