माओवादीको पदाधिकारी बैठक भोलि


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १८ २०८२
1.2K
SHARES

१८ भदौ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार (भोलि) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा स्थायी कमिटी बैठकमा भएका निर्णयबारे छलफल हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।“पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा यसअघि स्थायी कमिटी बैठकमा भएको निर्णयबारे छलफल हुनेछ । हामीले भदौ २१ गतेदेखि सुरु गर्ने भनेको मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे पनि छलफल हुनेछ । अन्य समसामयिक राजनीतिक विषय त छँदै छन्,” उनले भने ।

उपमहासचिव जनार्दन शर्माले उठाएको नेतृत्व परिवर्तन र कार्यशैलीबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । पार्टी नेतृत्व र नेतृत्वको कार्यशैलीलगायत विषय पदाधिकारी बैठकबाटै समाधान गर्ने माओवादीको तयारी छ ।

माओवादी केन्द्रका उपमहासचिव शर्माले पनि आफ्ना असन्तुष्ट पदाधिकारी बैठकबाट सम्बोधन हुने अपेक्षा गरेको उनको सचिवालयले जनाएको छ ।यसअघि, माओवादीको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।