जनयुद्धजस्तै नयाँ आन्दोलनमा जानुपर्ने हुनसक्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १८ २०८२
1.7K
SHARES

१८ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको भन्दै सडक आन्दोलनको तयारी गर्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रतिगमनलाई परास्त गर्न नयाँ आन्दोलन आवश्यक रहेको बताए।

उनले भने, ‘अहिले हाम्रो क्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार हुन खोजिरहेको छ, विभिन्न कोणबाट, क्रान्तिका उपलब्धिको रक्षा गर्न र नयाँ क्रान्ति समाजवादतिर यो देशलाई डोर्‍याउन अब फेरि हिजो जनयुद्धमा जस्तै गरी महिलाहरूको सक्रियता सदन सरकार र सडकमा आउन जरुरी छ। समाजवाद र महिलामाथिको विभेद सदाको लागि अन्त्य गर्न आन्दोलनमा जानुपर्छ।’

उनले अहिले संविधानमाथि पनि घात हुने हो कि भन्ने परिस्थिति बन्दै गइरहेको बताए। उनले अस्थिरता, अराजकता र भ्रष्टाचार अहिले संस्थागत हुँदै गइरहेको बताए।