चिलीको पोस्टमा ब्राजिलको तीन गोल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २० २०८२
1.4K
SHARES

२० भदौ काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले चिलीविरुद्ध ३–० को सहज जित निकालेको छ । शुक्रबार बिहान घरेलु मैदान माराकानामा ब्राजिललाई जित दिलाउन इस्टेभाओ, लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले गोल गरे ।

खेलको ३८औँ मिनेटमा इस्टेभाओको गोलमा ब्राजिलले अग्रता बनाएको थियो । ७२औँ मिनेटमा पाक्वेटाले अग्रतालाई दोब्बर बनाए । त्यसको चार मिनेटपछि गुइमारेसले गोल गरेपछि ब्राजिलले तीन अंक पक्का गरेको हो ।जितसँगै १७ खेलबाट २८ अंक जोडेको ब्राजिल तालिकाको दोस्रो स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबारै भएका अरू खेलमा उरुग्वेले पेरुलाई र कोलम्बियाले बोलिभियालाई समान ३–० ले नै हराए । पराग्वे र इक्वेडरले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।