भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २३ २०८२
950
SHARES

२३ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन–जी पुस्ताको आन्दोलनलाई समर्थन जनाउँदै देश बनाउन राजनीति सफा गर्न आवश्यक रहेको बताएका छन्। काठमाडौंमा जेन–जी पुस्ताको प्रदर्शन चलिरहेको बेलामा उनले भनेका छन्, ‘जेन–जी पुस्ताले संघीय राजधानी काठमाडौंमा सुशासन, समृद्धि र अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चिततासहित लोकतन्त्रको व्यावहारिक प्रत्याभूतिको लागि आजदेखि सञ्चालन गरेको विरोध प्रदर्शन र संघर्षप्रति समर्थन गर्दछु ।’

मुलुकको आजको प्रमुख राष्ट्रिय कार्यभार सुशासन र समृद्धि भएको उनले उल्लेख गरेका छन्।उनले भनेका छन्, ‘निजी स्वार्थ केन्द्रित व्यक्तिवादी, स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी छ । त्यसैले मैले भन्दै आएको छु, राजनीति सफा गरौँ र देश बदलौँ ।’

जेन–जी आन्दोलनले भ्रष्ट, स्वार्थी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त गराउने विश्वास व्यक्त गरेका छन्।देशलाई भ्रष्ट राजनीतिक नेतृत्वबाट मुक्त गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको पक्षमा गुणात्मक योगदान पुर्‍याउने उनको विश्वास छ।