कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट थाल्यो सेवा प्रवाह
२१ असोज काठमाडौं । कीर्तिपुर नगरपालिकाले नयाँ भवनबाट सेवा प्रवाह सुचारु गरेको छ । भदौ २४ गतेको जेन जी आन्दोलनले नगरपालिकाको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएपछि नयाँ भवनबाट सेवा सञ्चनालनमा ल्याएको हो ।
कीर्तिपुर नगरपालिका नगरप्रमुख कृष्णमान डंगोल मंगलवारदेखि नगरपालिकाको नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको जानकारी दिए ।उनले नगरपालिकाले कोभिड—१९ को समयमा आइसोलेशन बनाएको भवनबाट अस्थायी रुपमा सेवा सञ्चालन गर्न थालेको बताए ।
बुधबारदेखि सम्पूर्ण सेवा यही भवनबाट आउने उनको भनाइ छ । उनले आपतकालिन सेवा भने नगरपालिकाले भदौ २७ गतेदेखि नै सञ्चालनमा ल्याएको पनि जानकारी दिए ।यसअघि पर्यटन सूचना केन्द्रवाट सेवा दिइरहेको भएपनि काम गर्न अफ्ठ्यारो भएको उनले बताए ।नगरप्रमुख डंगोलले नगरपालिकाको पुरानो भवन आगलागीले पूर्णरुपमा जिर्ण भएको पनि बताए ।