तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज २९ २०८२
3.1K
SHARES

२९ असोज काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले आज तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । खेलमा नेपाल विजयी सुरुवातको खोजीमा हुनेछ ।  यो नेपालको छनोटको पहिलो खेल हो । तुर्कमेनिस्तान भने प्रतियोगितामा अपराजित यात्रा कायम गर्ने कोसिसमा हुनेछ ।

तुर्कमेनिस्तानले आफ्नो पहिलो खेलमा थाइल्यान्डविरुद्ध १७–० को जित निकालेको थियो । खेल थाल्यान्डको चोनवुरी रंगशालामा नेपाली समयअनुसार साँझ ६ः३० बजे सुरु हुनेछ ।

समूहमा नेपालसँगै तुर्कमेनिस्तान र थाइल्यान्ड छन् । तुर्कमेनिस्तानले तीन अंक बनाएको छ । समूहको विजेताले सन् २०२६ मा आयोजना हुने एएफसी महिला यू–१७ कपमा स्थान बनाउनेछ ।