अब टेस्ट राष्ट्रलाई हराउने लक्ष्यमा छौँ – कप्तान रोहित पौडेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२
2.3K
SHARES

३० असोज काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ‘टिम वर्क’का कारण नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा प्रवेश गरेको बताएका छन् ।बिहीबार कप्तान पौडेलले खेलाडीहरूको सामूहिक विश्वासको प्रशंसा गर्दै नेपाल टिम वर्कका कारण विश्वकपमा प्रवेश गरेको बताएका हुन् ।

“म टिमको प्रदर्शनलाई लिएर निकै गौरवान्वित छु । टोलीले सामूहिक रूपमा लगाएको मिहिनेतका कारण यो नतिजा आएको हो,” रोहितले भने, “अघिल्लो विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेलले खेलाडीहरूमा आत्मविश्वास बढायो । अब हामी टेस्ट राष्ट्रलाई हराउने लक्ष्यमा छौँ ।”

नेपालले ८ अंकका साथ एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को दुई खेल अगावै टी–२० क्रिकेट विश्वकप कपको १०औँ संस्करणमा स्थान बनाएको थियो ।यसअघि, नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न नवौँ संस्करण खेलेको थियो । विश्वकप आगामी वर्ष श्रीलंकामा हुनेछ ।