सुनको भाउमा दैनिक नयाँ रेकर्ड
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, असोज ३१ २०८२
1.1K
SHARES
३१ असोज काठमाडौं । नेपाली बजारमा आज सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ।
हिजो सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ भने तोलामा ७५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ३ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट