मेसी मियामीमा सन् २०२८ सम्म रहने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८२
2.1K
SHARES

७ कात्तिक काठमाडौं । अर्जेन्टिनाका फुटबल कप्तान लियोनेल मेसी अमेरिकन मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामीमा सन् २०२८ सम्म रहने भएका छन् । बिहीबार मियामीले मेसीसँगको सम्झौता सन् २०२८ सम्मका लागि नवीकरण भएको जनाएको हो । “इन्टर मियामीमा उत्कृष्ट खेलाडी भित्र्याउने हाम्रो लक्ष्य हो । र, यही लक्ष्यअनुसार मेसीसँगको सम्झौता नवीकरण गरिएको हो,” मियामीले जारी गरेको विज्ञप्तिमा क्लबका सहसञ्चालक डेभिड बेक्ह्यामले उल्लेख गरेका छन् ।

मेसीले मियामीसँग सन् २०२५ को मध्यान्नसम्मका लागि सम्झौता गरेका थिए । उनी सन् २०२३ मा मियामीमा अनुबन्धित भएका थिए । मेसीले यस सिजन मियामीको निम्ति २९ गोल गरेका छन् । मेसीकै कप्तानीमा मियामी यस वर्ष इस्र्टन कन्फरेन्समा तेस्रो भएको छ । यो सँगै मियामीले आज एमएलएस कपको ‘प्ले अफ’मा नास्भिल एससीसँग प्रतिस्पर्धा गर्दै छ ।