भारतसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८२
950
SHARES

१२ कात्तिक काठमाडौं । फरवार्ड तथा कप्तान सावित्रा भण्डारी (साम्बा), गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र मिडफिल्डर प्रीति राईबिना नै नेपाली टिम आज भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेल्न उत्रिँदै छ । यो यी दुई टिमबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो । यसअघि, सोमबार राति भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । जसमा दुवै गोल फरवार्ड तथा कप्तान सावित्राले गरेकी थिइन् ।

नेपाली टिम सन् २०२२ को साफ महिला च्याम्पियनसिपयता भारतसँग अपराजित छ । नेपाली टिमकी कप्तान सावित्रा र एन्जिला क्लब फुटबलमा निम्ति जाने भएका हुन् । सावित्रा अस्ट्रेलियन लिगको क्लब वेलिङ्टन फोनेक्समा र एन्जिला भारतकै क्लब सेथु एफसीमा आबद्ध छन् । प्रीति टिममा उपलब्ध हुने भए पनि उनलाई यो खेलमा आराम दिइने भएको छ । नेपालले आज भारतसँग सिक्किममा प्रतिस्पर्धा गर्ने तालिका छ । यो खेल नेपाली समयअनुसार बुधबार अपराह्न ५ बजेदेखि सुरु हुनेछ ।