नेपाली फुटबल टिमका प्रशिक्षक म्याट रसले दिए राजीनामा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, कार्तिक १३ २०८२
1.4K
SHARES
१३ कात्तिक काठमाडौँ । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अस्ट्रेलियन नागरिक रसले बुधबार (कात्तिक १२) अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयमा राजीनामापत्र बुझाएका स्रोतले जानकारी दियो ।
पछिल्लो समय पुरुष टिमको खराब प्रदर्शनका कारण रसले एक वर्ष नबित्दै इमेलमार्फत राजीनामा बुझाएका हुन् ।मलेसियासँग खेल नजिकिँदै गर्दा उनले राजीनामा दिएपछि पुरुष टिमको प्रशिक्षक पद रिक्त बनेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट