१० वाम दलबीचको एकता फागुन २१ सम्म टिके ठुलो कुरो – नेता न्यौपाने


Capital Headline
प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८२
2K
SHARES

२० कात्तिक काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले नेकपा एससहित १० वाम दलको एकता लामो समय नटिक्ने टिप्पणी गरेका छन्। फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनसम्म टिके पनि ठुलो हुने उनको टिप्पणी छ। घोषणा सभामा नगएका नेता न्यौपानेले आफूले ओछ्यानमा बसेर भिडिओ हेरेको जानकारी गराएका छन्।

‘पिँध नभाका लोटा अनुहार कुच्चिएका पानीका लौरा पिङ खेल्दा खेल्दा थाकेका गनाएका नाम मञ्चमा, यसो हेरेको सबै दाने गाई जस्ता, फुकाएपछि आआफ्नै बाटो लाग्ने, फागुन २१ सम्म रहे ठुलो कुरो’ उनले भनेका छन्, ‘नहुनुभन्दा जस्तो भएपनि मामा मामै हो, चित्त बुझाउने मेसो । एउटा नयाँ कुरो टाई लगाउन बिर्सेका रहेछन् मान्छेहरूले आज ?’एकता प्रक्रियामा असहमति जनाउँदै जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीलगायतले बेग्लै अभियान घोषणा गरिसकेका छन्।