बाढीपहिरोको क्षतिबाट रु तीन अर्ब ७८ बराबरको बीमा दाबी


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०८२
1.4K
SHARES

२२ कार्तिक काठमाडौँ । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरूमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ ।

गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो । प्राधिकरणका अनुसार कुल ४३४ वटा बीमा दाबीको आवेदन परेको छ ।

बीमा प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इन्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ ।