एमालेले बोलायो विघटित संसदीय दलको बैठक
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक २४ २०८२
1.7K
SHARES
२४ कात्तिक काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको एमालेका नेता महेश बर्तौलाले जानकारी दिए ।
संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट