ओलीलाई माधव नेपालले भने – होस गुमाएर गाली नगर्नुस्


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०८२
1.8K
SHARES

२६ कात्तिक काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै आफूहरूको एकताले होस गुमाइसकेको टिप्पणी गरेका छन्। भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै एकता प्रक्रिया अझै नरोकिने बताए।

नेकपा गठनले नेपाली राजनीतिमा तरङ्ग ल्याएको भन्दै उनले भने, ‘कतिको होस् हवास गुम भएको हुनसक्छ। होस गुमाएर गालीगलौजमा उत्रिनुपर्ने आवश्यक छैन। बरु हामीलाई धन्यवाद दिनुस्। मैले त बिगारे तपाईँहरूले सपार्नुभयो भनेर धन्यवाद प्रस्ताव पास गरे हुन्छ। धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा पनि मलहमको काम गर्नेछ।’ उनले देश र जनताप्रति समर्पित भएको पार्टी आफूहरूको मात्रै भएको जिकिर गरे।