बंगलादेशलाई पाजित गर्नेमा विश्वस्त छौँ – मुख्य प्रशिक्षक खड्का
२७ कात्तिक काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशक्षिक हरि खड्काले बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलका निम्ति आफू आत्मविश्वसी रहेको बताएका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलबारे बुधबार प्रतिक्रिया दिँदै खड्काले यस्तो बताएका हुन् । नेपालले सामूहिक एकतामा विश्वास गर्ने जनाउँदै उनले बंगलादेशलाई पराजित गर्नेमा विश्वस्त रहेको बताए ।
“बंगलादेशले यो खेलको निम्ति हम्जा जस्ता उत्कृष्ट खेलाडी समावेश गरेर तयारी गरिरहेको छ । हामी अब दोस्रो जितका निम्ति खेल्नेछौँ । हामी आत्मविश्वस्त छौँ । हामीले पर्याप्त तयारी गरेका छौँ । फुटबल सामूहिक खेल भएकोले नेपाली टिम सामूहिक एकतामा विश्वास गर्छ,” खड्काले भने । नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । खेल बंगलादेशको ढाकास्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
नेपाले यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेप्टेम्बर ५ मा सम्पन्न पहिलो मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेको थियो ।