नहुने चुनावको पछि एमाले लाग्दैन – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०८२
2.7K
SHARES

२९ कार्तिक सुर्खेत । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन नहुने दाबी गरेका छन् ।

सुर्खेतमा शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले चुनावका नाममा देशमा थप षड्यन्त्र भइरहेकाले यसको औचित्य नरहेको बताए  ।

‘चुनावका नाममा मुलुकमा षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशलाई चुनावको नाम दिएर भइरहेको षड्यन्त्रमाथि प्रहार एमालेले गरिरहेको छ । हुँदै नहुने चुनावका पछाडि एमाले लाग्दैन ।’