चितवनले नवौँ ओभरमा तोड्यो कर्णालीको ओपनिङ साझेदारी
२ मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले नवौँ ओभरमा पहिलो विकेट गुमाएको छ ।मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले चितवन राइनोजविरुद्ध ८.५ ओभरमा पहिलो विकेट गुमाएको हो । पहिलो विकेटका रूपमा ओपनर म्याक्स ओ‘डोडलाई गुमाउनुअघि कर्णालीले स्कोरबोर्डमा ६१ रन बनाएको छ ।
कर्णालीको ओपनिङ साझेदारी तोड्ने क्रममा चितवनका सैफ जैबले ओ‘डोडलाई बोल्ड गरे । जारी खेलको ९ ओभर समाप्त हुँदा कर्णालीले एक विकेट गुमाएर ६१ रन बनाएको छ ।
एनपीएलमा यी दुई टिम तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । प्रतियोगिताको पहिलो संस्करणमा तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएको थियो । कर्णालीले चौथो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो । लिग चरणमा पनि कर्णालीले चितवनविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।