एमाले विघटित संसदीय दलको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर २ २०८२
1.6K
SHARES

२ मंसिर काठमाडौं । नेकपा एमालेले आज विघटित संसदीय दलको बैठक राख्दै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

एमाले दल स्रोतका अनुसार असंवैधानिक तरिकाले विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गरिनुपर्ने पार्टीको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको हो।

बर्तौलाका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन र पुनर्स्थापनाबारे जानकारी गराउनेछन्।  संसद् विघटनको संवैधानिक परीक्षण बाँकी रहकाले त्यसका लागि दल वा सांसद अदालतमा जाने भन्ने विषयमा पनि आज छलफल हुने उनले बताए।