महाधिवेशन भाँड्ने सपना नदेखौं – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०८२
2.4K
SHARES

५ मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस २७ देखि हुने महाधिवेशनलाई एकताको बनाउने बताएका छन् ।नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै फराकिलो मनका साथ महाधिवेशनलाई अगाडि लैजान पार्टी पंक्तिलाई आह्वान गरे ।

उनले भने, ‘जनताले एमालेको महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रूपमा स्थापित गर्नेछन् । म चाहन्छु यो महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔँ, फराकिलो मनका साथ ।’उनले सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै त्यसको पछाडि नलाग्न आग्रह गरे । उनले महाधिवेशन भाँड्ने सपना नदेख्न पनि चेतावनी दिए ।