चार महिनामा ७ खर्ब २ अर्बको वैदेशिक व्यापार
७ मंसिर काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि कात्तिकसम्म ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो व्यापार गत आवको सोही अवधिको २४.१८ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो ।
भन्सार विभागका अनुसार चालू आवको चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.७१ प्रतिशत बढी हो । सो अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।