यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२
1K
SHARES

९ मंसिर काठमाडौं । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै उक्त क्षेत्रमा मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ । त्यस्तै, ऊर्जा क्षेत्रकै अन्तर्राष्ट्रिय समन्वयलई ध्यानमा राख्दै सरकारले विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको पनि बताए ।

नेपाल प्रहरीको हालको दरबन्दीभित्रै पद–मिलान तथा कार्यालय संरचना समायोजनका साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको पनि बताए ।

यस्ता छन् निर्णयहरू :