मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश, माधव नेपालले भने– ब्रान्ड हो


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८२
2.1K
SHARES

११ मंसिर काठमाडौं । एसिड आक्रमणमा परेकी मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन् । बिहीबार (मंसिर ११) काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका नेताहरूले उनलाई पार्टीमा स्वागत गरे ।

कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले खातुन एउटा ब्रान्ड भएको बताए । “मुस्कान खातुन एउटा ब्रान्ड हो । अमेरिकादेखि युरोपसम्मका देशदेशका महत्त्वपूृर्ण नेता र राष्ट्रपतिले पनि सम्मान गरेको छ,” उनले भने, “१६ वर्षको उमेरमा शरीरमा एसिड प्रहार गरिएको थियो ।”

उनले अगाडि भने, “तर, हिम्मत बुलन्द गरेर महिला हिंसाका विरुद्ध अभियान चलाएर एउटा बेग्लै किसिमको विश्वास व्यक्त गर्नुभयो । त्यो सबैको निम्ति, न्यायको पक्षमा उभिएका सबै व्यक्तिका निम्ति गौरवको कुरा हो । तपाईंलाई विशेष स्वागत र सम्मान गर्न चाहन्छु ।”

अरू नेता र पार्टीमाथि विश्वास नभएको बताएपछि मुस्कानलाई नेकपामा स्वागत गरिएको उनको भनाइ थियो । नेता नेपालले भने, “आफूसहित परिवारका सदस्य लिएर आज पार्टीमा प्रवेश गर्नुभएको हुनाले हार्दिक स्वागत छ ।”खातुनलाई पार्टीको केन्द्रीय सदस्य घोषणा गरिएको छ ।