हाम्रो ध्यान एमालेतिर पनि छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १२ २०८२
1.8K
SHARES

१२ मंसिर काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू बृहत् वामपन्थी एकताको पक्षमा रहेको बताएका छन्।आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै १५ वटा वाम घटकलाई एक ठाउँमा ल्याएर आफूहरूले रेकर्ड नै बनाएको जिकिर गरे।

उनले भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ, एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरू पनि यही पार्टीमा नै केन्द्रित हुनुपर्छ भन्ने जोड छ। सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिस्ट पार्टी राखेका हौँ। यहाँ अब कोही माओवादी छैन, अब कोही एकीकृत समाजवादी छैन।’ उनले एमालेभित्र रहेका क्रान्तिकारीहरूलाई पनि गहिरो गरी सोच्न आग्रह गरे।