हजारौँ जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर भित्रिरहेका छन् – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर १३ २०८२
2.1K
SHARES

१३ मंसिर काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेननी आन्दोलनले आफूहरूलाई गल्ती कमजोरी सच्याएर अघि बढ्नका लागि घचघच्याएको बताएका छन्।

लुम्बिनीस्तरीय एकता सभालाई सम्बोधन गर्दै युवा पुस्ताको माग र जनताको चाहनाअनुसार बदल्नुपर्ने आवश्यकता देखिएको बताए। जेनजी आन्दोलनले विगतमा आफूहरूले गरेको कामलाई समीक्षा गर्न दबाब बढाएको उनको भनाइ छ।

उनले भने, ‘हामीले समीक्षा गरेरै एकताबद्ध बनेका हौँ। यो सन्देश सभा आफ्नो कमीकमजोरी खोतल्ने र त्यसलाई सच्याउने प्रतिबद्धता गर्न आएका हौँ। यो आत्मालोचना सभा पनि हो। हामी १५ वटा पार्टी एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी बनेका हौँ।’

उनले हजारौँ जेनजी युवाहरूले नेकपालाई अभिभावक मानेर भित्रिरहेको बताए। उनले आफूहरू बदलिएर जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।