सुन तोलामै १६ सयले बढ्यो
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर १४ २०८२
3.2K
SHARES
१४ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुन,चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १४५ रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३४ सय ९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट