देउवाले बोलाए दिउँसो १ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२
1.1K
SHARES

१४ मंसिर काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने भएका छन् ।उनले पार्टीभित्र चर्किएको नियमित महाधिवेशन र विशेष महाधिवेशनको मितिलाई लिएर छलफल गर्न लागेका हुन् । उपसभापति पूर्णबहादुर खड्काले गरेको प्रयास सार्थक नभएपछि सभापति देउवा आफैँले बैठक आह्वान गरेका हुन् ।

दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा उनले छलफलका लागि पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाएका छन् । बैठकमा नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको छ । सभापति देउवा नै छलफलमा जुटेपछि महाधिवेशनबारे टुंगो लाग्ने अपेक्षा छ । सहमति नबन्दा कांग्रेसको बैठक पटकपटक सरिरहेको छ ।