आज विराटनगरमा नेकपाको एकता सभा
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १५ २०८२
779
SHARES
१५ मंसिर विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले आज विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ । विराटनगरस्थित जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा हुनेछ ।
सभामा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा शक्ति प्रदर्शनको रूपमा विभिन्न ठाउँबाट कार्यकर्ता भेला भएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट