तिला गाउँपालिकाद्वारा २६ लाख राजस्व संकलन


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
1.3K
SHARES

१५ मंसिर जुम्ला । तिला गाउँपालिकाले एकवर्षमा २६ लाख १४ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत गत आर्थिक वर्ष ०८१/८२को आम्दानी तथा खर्च सार्वजनिक गरेको हो ।प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईका अनुसार, गाउँपालिकाले सो आवमा अनुमानित कुल बजेट ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ ल्याएकोमध्ये चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

बजेट खर्चको उक्त आवमा समग्र प्रगति चालुतर्फ २९ करोड ४१ लाख १७ हजार अर्थात् ८७.७५ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ १४ करोड ५५ लाख ७९ हजार अर्थात् ८२.१ प्रतिशत खर्च भएको छ ।जम्मा चालु र पुँजीगत गरी ४३ करोड ९७ लाख ६४ हजार अर्थात् ८५.७९ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

बजेट निकासको आधारमा चालु र पुँजीगत गरी ९७.८३ प्रतिशत खर्च भएको छ ।विकास निर्माणदेखी सेवा प्रवाहलाई चुस्त राख्न गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गर्ने गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्नोत्तर गरेका थिए ।