११औँ महाधिवेशनबाट पनि केपी ओली नै अध्यक्ष बन्नुपर्छ – उपमहासचिव गुरुङ


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
3.3K
SHARES

१५ मंसिर काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने बताएका छन् ।सोमबार पत्रकार सम्मेलनमा उनले जनताको बहुदलीय जनवादको उत्तराधिकारी ओली भएकाले उनी नै अध्यक्ष बन्नुपर्ने बताए ।

“जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबले पनि केपी ओली ११औँ राष्ट्रिय महाधिवेशनबाट एमालेको अध्यक्ष बन्नुपर्छ । त्यसकारण मैले समर्थन गरेको हो । उहाँलाई बनाउनुपर्छ,” गुरुङले भने ।

उनले परिवारको सदस्य हुँदैमा जबजको उत्तराधिकारी नहुने बताए । ओली देशको ब्रान्डिङ नेता भएको गुरुङको तर्क छ ।सडकमा उठेका कुराका आधारमा अध्यक्ष फेर्दै जाने हो भने स्वायत्तता सकिने गुरुङले बताए । अरु कसैको ऐजेन्डा पूरा गर्न ओलीलाई हटाउन नहुने उनको भनाइ छ । ओलीको आचरण व्यवहारामा धेरैको विमति भए पनि राष्ट्रवादी नेतामा विमति नहुने उनको तर्क छ ।